डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु
डडेल्धुरा, फागुन ४ – डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । दुर्घटनामा पाँच जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान जानेको परिचय खुलेको छैन । जीपका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।
जीपमा चालकसहित १० जना रहेको प्रारम्भीक अनुमान छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । घाइतेलाई उपचारका उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news