यसरी गर्नुहाेस् ट्वीटर भेरिफाइड
सामाजिक सञ्जाल ट्विटरमा अब सेलिब्रेटी, कम्पनी वा संगठनहरुको मात्रै होइन, अब आम मानिसले आफ्नो एकाउन्ट भेरिफाइड बनाउन पाउने भएका छन् । यसका लागि सामान्य फारम भर्न सकिन्छ । यसको ट्वीटरको ब्लु टिक मार्क फिचरको प्रयोग गर्नु पर्छ ।
सामान्य अनलाइन फाराम भरेर तपाई आफ्नो ट्विटर एकाउण्टमा टिक मार्क लगाउन सक्नुहुन्छ । यो माइक्रोब्लगिङ साइटले ब्लगमा लेख्दै संगीत, टेलिभिजन, चलचित्र, फेसन, सरकारी कर्मचारी, धर्म, पत्रकारिता, खेलकुद, व्यवसाय, र अन्य क्षेत्रका व्यक्तित्वहरु तथा संस्थाका एकाउण्टलाई भेरिफाइ गर्ने बताएको छ ।
संसारभर एकाउण्ट भेरिफिकेसनको सुविधा ल्याउँदै ट्विटरले सेवाग्राहीलाई उच्च गुणस्तरका एकाउण्टहरु निर्माण गर्न मद्दत र्पुयाउने लक्ष्य राखेको छ । यसले नक्कली ट्विटर एकाउण्टहरुलाई नियन्त्रण गर्ने विश्वास पनि लिइएको छ ।
के गर्ने ?
आफ्नो ट्विटर एकाउण्ट भेरिफाइ गर्न कम्पनीको सपोर्ट पेजमा जानुपर्छ । फाराम भर्दा तपाईले भेरिफाइ गर्नुपर्ने एकाउण्ट निश्चित गर्नुपर्छ र प्रयोगकर्ताको कन्फर्म्ड इमेल एड्रेस, प्रोफाइल पिक्चर, जन्ममिती, मोबाइल नम्बर, प्राइभेसी सेटिङ पब्लिक, सम्बन्धित वेबसाइटको लिंक हुनु जरुरी छ। ट्विटरले तपाईलाई सरकारले दाबी गरेको परिचय पत्रको प्रतिलिपि पनि माग्नसक्छ। फाराम बुझाएपछि ट्विटरले तपाईलाई इमेल गर्छ। यदी रिक्वेस्ट खारेज भयो भने तपाईले इमेल प्राप्त गरेको ३० दिनमा फेरि निवेदन हाल्न सक्नुहुन्छ ।
साभार श्राेत : लिभिङविथ अाइसिटी







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news