फिफा अध्यक्ष ब्लाटरले पदबाट राजिनामा दिने, ‘अनौठो’ निर्णयप्रति विश्व चकित
खेल सम्बादाता, जेठ २० काठमाडाैं-
विश्व फुटबल महासंघ फिफा अध्यक्ष सेप ब्लाटरले पदबाट राजिनामा दिने घोषणा गर्नुभएको छ । ब्लाटरले फिफा पदाधिकारीहरुमाथि अमेरिकी तथा स्विस निकायमा भइरहेको छानविनमा सहयोग गर्न आफ्नो बहीर्गमनको घोषणा गर्नुभएको हो ।
रिक्त हुने फिफा अध्यक्ष पदको नयाँ निर्वाचनको लागि अर्को वर्ष मे १३ तारिखमा मेक्सीको सिटीमा विशेष साधारणसभा बोलाइएको छ ।
उक्त साधारणसभाले फिफाको नयाँ अध्यक्ष चयन गर्ने र उक्त अध्यक्षलाई फिफाका सबै सदस्य राष्ट्रले स्विकार गर्ने समेत ब्लाटरको विश्वास छ ।
७९ वर्षीय स्विस नागरिक ब्लाटर अघिल्लो हप्ता मात्रै पाँचौ कार्यकालको लागि फिफा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । तर यसको केही दिन पहिला फिफाका ७ जना वरिष्ठ पदाधिकारीहरु आर्थिक जालसाँझी र घुसखोरीको आरोपमा पक्राउ परेपछि ब्लाटरमाथि पद छाड्न ठुलो दबाब थियो ।
युरोपियन फुटबल महासंघ युएफाका अध्यक्ष मिचेल प्लाटिनी, इङ्गलिश फुटबल संघका अध्यक्ष ग्रेग डाइक, पोर्चुगलका फुटबल हस्ती लुईस फिगो लगायतले यसलाई सकारात्मक र आवश्यक कदम भनी टिप्पणी गर्नुभएको छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news