---"गजल"---
- पर्देशी श्याम
ओखलढुंगा
मान्छेले आरामले सुत्न तकिया बनायो।
दुश्मनी गर्यो तकियाले उपिया बनायो।
अरे यो मेरो बेकामे फकिर जिन्दगीले।
ब्यर्थै निर्दोष खुट्टा लाई भरिया बनायो।
बाउ सहर जादा अफ्नै छोरो चिनेन।
जब छोरोले शहरिया हुलिया बनायो।
तिमीले जाबो जिन्दगी बनाउन सकेनौं।
हेर बनाउनेले एक्लै दुनियाँ बनायो।
श्याम उसैको यादमा तड्पिन्छ अझै।
जस्ले मन मुटु छिया छिया बनायो।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news