___"गजल"__


- प्रदिप राई "अभि"
बतासे - १ खोटाङ

ब्यार्थै मनमा फुलाएछु प्रेमका फुलहरु।
ठप्प पारी थुनी दियौ मायाका ति मुलहरु।।

लुकिलुकी प्यास मेटाई दिन्थे तिम्रो स्वार्थी चाहनालाई।
आफ्नो सम्झी साथ दिनु मेरै भयो भुलहरु।।

दुनियाँ सामु दोषी बने आज तिम्रै कारणले।
रोपी दियौ मै माथी बेदनाका सुलहरु।।

प्रेमको सागर तरी तिमीलाई भेट्ने मेरो रहर।
तोडी दियौ मेरा सारा भावनाका पुलहरु।।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news