"धरान रन" को उपाधि तिर्थ पुनलाई
फागुन १४, धरान,
पाँचौं नेवा च्यारिटी ८ किमि धरान रन
प्रतियोगिताको उपाधि भारतीय सेनामा कार्यरत् बाग्लुङका तीर्थ पुनले जितेका
छन् । सुनसरीको धरानमा शनिबार सम्पन्न प्रतियोगितामा पुनले निर्धा्रित्
दुरी २६ मिनेट ३ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।
उपाधिसँगै
उनले ४० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा
नेपाली सेनाका होमलाल श्रेष्ठ दोस्रो भए भने सेनाकै टिकाराज कटुवाल तेस्रो
भए । महिला खुलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले निर्धा्रित् दुरी ३४
मिनेट ३ मिनेटमा पार गर्दै पहिलो भइन् भने बाग्लुङकी सन्तोषी श्रेष्ठ
दोस्रो र जुम्लाकी सीता न्यौपाने तेस्रो भइन् । पुरुष, महिला दुबैतर्फ
पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार, ३० हजार र २० हजार
रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । ४० वर्षमाथिको पुरुष
भेट्रानमा भने निर्मल राई प्रथम भए ।






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news