एक वालिकाको विभत्स तरिकाले हत्या

सुनसरी फागुन १४ गते
सुनसरीको चाँदवेला ९ स्थित वर्छवामा १३ वर्षिय वालिकाको विभत्स हत्या गरी पुरेर राखेको अवस्थामा शव फेला परेको छ ।
घर नजिकै कलर्भटको पाईपमा विभत्स हत्या गरी पुरेर राखेको ठाउँमा १३ वर्षिय वालिका अनिताकुमारी मुडीयारीको शव फेला परेको प्रहरीले जनाएको छ ।

मुडीयारीको शव घरको दक्षिण पट्टि परीएर राखीएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिनुभयो  ।

उहाँले  वालिकालाई वलत्कार गरी हत्या गरेको हुन सक्ने र आफुहरुले ले पोष्टमार्टम गर्न विपि कोईराला  विज्ञान प्रतिष्ठान धरान पठाईएको जानकारी दिनुभयो  । हामीले पुरेर राखेको ठाउँबाट लास निकाल्दा हत्यार गरी लुकाएको हो भन्ने प्रमाणित हुन्छ वाँकी पोसमार्टम रिपोर्ट नै हेनुै पर्छ एसपी पोखरेलले भन्नुभयो ।

घर देखि करिव ४ सय मिटर आसपासको क्षेत्रमा मुडीयारीको शव भेटिएको थियो । वलत्कार पछि यसरी हत्या गरी फालेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी आज  विहान सर्वसाधरणहरुले खवर गरे पछि त्यहा पुगेको थियो ।

वालिकाको हत्या वलत्कार पछि हुन सक्ने प्रहरीले प्रारम्भीक अनुसन्धान थालेको जनाएको छ । पछिल्ले समयमा सुनसरीमा हत्याको घट्नाहरु वढिरहेको छ । केहि समय अघि मात्र दुहवीमा घरमा काम गर्ने महिलाको हत्या भएको थियो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news