गजल
सलिम अन्सारी प्युठान
के दियो अमिरले नबोली नबोली
रङ्गायो अबिरले नबोली नबोली।
भरोशा छैन मेरो भरोशा माग्छौ तिमी
घेरेको छ जन्जिरले नबोली नबोली।।
मेरो दिल ऐलेनी बनाइयो,फेरि छोडियो
र पिरोलियो पिरले नबोली नबोली।
मुक्त छौ भन्दै कैद गर्यो बारम्बार
आफ्नै तक्दिरले नबोलि नबोली।।
अनगिन्ती तारा मेरै,अन्नत सगर मेरै
छेकिदियो तारेभिरले नबोली नबोली।
दिलैको सदनमा सजाएर गुलाब
थमायो फकिरले नबोली नबोली।।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news