यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी २ दिने अभिमुखिकरण गोष्ठी मार्तडीमा सुरु

जेठ २२ बाजुरा-
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी २ दिने अभिमुखिकरण गोष्ठी मार्तडीमा सुरु भएको छ । विपतमा किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा साम्रगी बारे जानकारी दिन गोष्ठी सञ्चालन गरिएको हो ।

संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपिए) को सहयोग र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा गोष्ठी सञ्चालन गरिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर मोहन नाथको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेल, युनिसेफ नेपालका डा. मदन कोइराला, युएनएफपीएका निलकण्ठ गौतम, बबिन नेपाली, लगायतका व्यक्तिहरु अतिति रहनु भएको थियो ।

परिवार नियोजना शाखा प्रमुख दुर्गा बजगाइले सञ्चालन गर्नु भएको गोष्ठी उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी पौडेलले विपत जतिखेर पनि विना सुचना आउने भएकाले यसमा सबैले सचेत र चनाखो हुन जरुरी रहेको बताउनु भएको छ । गोष्ठीको पहिलो दिन किशोरा अवस्थामा आउने परिर्वतन, प्रारम्भिक अवस्था, सामाजिक परिवर्तनहरु, विपद र प्रकोपको बारेमा जानकारी गराइएको छ ।

गोष्ठीमा विपद व्यावस्थापन गर्न पूर्व तयारी, प्रकोप व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा समेत जानकारी गराइएको छ । नेपालमा जलबायु परिवर्तनको प्रभाव विश्वको चौथो स्थान र भुकम्पको जोखीम विश्व कै ११ औं स्थानमा पर्ने भएकोले प्राकृतिक विपतले जतिबेला पनि ठुलो मात्रामा क्षति गर्न सक्ने भएकोले पूर्व तयारी स्वरुप गोष्ठी सञ्चालन गरिएको हो । 

गोष्ठीको सहजिकरण युनिसेफ नेपालका डा.मदन कोइराला, युएनएफपीएका निलकण्ठ गौतम र परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईले गरीराख्नु भएको छ ।

, ,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news