गुल्मी सेवा समाजको मासिक बैठक तथा समिक्षा सम्पन्न
कुमार “अविरल”पन्थी, जेठ ३१ कतार-
“गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता”भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको १४ औ पूर्ण बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठक सस्थाका अध्यक्ष शिव खड्काको अध्यक्षतामा बसेको थियो । साथै बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उपस्थिति रहेको थियो ।
सोहि अवसरमा गुल्मी सेवा समाज कतारले आयोजना गरेको १३ आै वार्षिक भेला कार्यक्रमको समिक्षा गरीएको छ । उक्त कार्यक्रम गत मई २९ तारिकका दिन टपफर्म रेस्टुरेन्टमा सम्पन्न भएको थियो । बैठकमा बोल्दै सस्थाका अध्यक्ष खड्काले कार्यक्रममा पाल्नु भएका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि, पत्रकार , लगायत उपस्थित तमाम दर्शक, कार्यक्रमलाई सफल बनाउनका लागि सहयोगी भूमिका खेल्नु हुने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत निरन्तरताको अपेक्षा राखेको कुरा बताउनु भयो ।
नेपालमा गत बैशाख १२ गते गएको विनासकारी महा भुकम्प बाट पिडित बनेकाहरुलाई राहतका लागि गुल्मी सेवा समाज कतारले संचालन गरेको राहत सङ्कलन अभियानलाई सोहि बैठकको निर्णय अनुसार राहत सङ्कलन कार्य बन्द गरिएको छ । जिल्लामा भएको क्षतिको विवरणहरु सङ्कलन कार्य भईरहेको हुदा उक्त राहत सङ्कलन अभियानबाट सङ्कलित रकम बढी प्रभावित क्षेत्रमा सहयोग गरिने भएको छ । राहात सङ्कलन अभियानबाट सङ्कलित रकम छिटै नै नेपाल पठाउने तयारी भईरहेको सस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्यले जानकारी दिनुभयो ।
साथै रोजगारीका सिलसिलामा आफ्नो जन्म भूमि छोडेर कतारलाई कर्म भुमि बनाई श्रम गरिरहनु भएका गुल्मेलीहरुलाई गुल्मी सेवा समाज सँग आवद्ध हुन आग्रह गरिएको छ । स्मरण रहोस सँस्थाका हरेक बैठकमा नयाँ सदस्यता लिन र पुराना सदस्यहरुले आफ्नो सदस्यता नविकरण गराउन सकिने छ ।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news