डोटीमा अत्यावश्यक औषधिहरुको अभाव

गीता कुवर,असार ४  डोटी-
डोटीका अधिकाश सरकारी स्वास्थ सस्थाहरुमा अत्यावश्यक औषधिहरुको अभाव भएको छ । जिल्ला अस्पतालमा औषधि आपुर्तिका लागी आवश्यक प्रकृया समयमै थालनी नगर्दा औषधिको अभाव भएको हो । 

धिर्कामाण्डौ स्वास्थ चौकिका ईन्जार्च रमेश भट्ट्ले औषधि अभावका कारण उपचारमा कठिनाई भएको बताउनु भयो । 

जिवन जल,स्लाईनपानी र गर्भवति महिलाहरुले नियमित खाने आईरन चक्की सकिएको महिनौ बितेको छ । गर्मीयाम तथा महामारीको जोखिमको समय चलिरहदा स्वास्थ सस्थाहरुका बिरामीहरुको घुईचो दिनप्रतिदिन बढ्दै गईरहेको छ ।दुर्गामाण्डौ स्वास्थ चौकिमा अहिले दैनिक ६० देखि ७० जना सम्म बिरामहरु आईरहेकाले प्रयाप्त औषधि नहुदा बफर स्टोर (जोखिममा प्रयोग गरिने) बाट औषधि झिकेर उपचार गरीरहेको अहेब भिष्मराज पाण्डेले जानकारी दिनु भयो । 

भुमिराजमाण्डौ स्वास्थ चौकिमा भने पछिल्लो दुई त्रेमासिकमा आउनुपर्ने औषधि समेत पुगेको छैन । क्षेत्रिय मेडिकल स्टोर धनगढी र टेण्डरबाट आउने औषधि समयमा नआउदा पछिल्लो एक त्रेमासिकमा जिललाका कुनै पनि स्वास्थ सस्थाहरुमा औषधि पठाउन नसकिएको जिल्ला स्वास्थ कार्यालयका स्टोर किपर दिपक बोहोराले बताउनुभयो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news