अमेरिकाको एक चर्चमा गोली प्रहार गर्ने अपराधी पक्राउ

असार ४ काठमाडाैं-
अमेरिकाको एक चर्चमा गोली प्रहार गरी ९ जनाको हत्या गर्ने संदिग्ध अपराधी पक्राउ परेका छन् । 

त्यहाँको प्रहरीले नर्थ क्यारोलाइनाको व्यस्त सडकमा ट्राफिकजामको समयमा सम्भावित अभियुक्त २१ वर्षीय डाइलान रुफलाई पक्राउ गरेको हो । 

उनीमाथि घृणा अपराधसम्बन्धी मुद्दामा छानबिन र कारबाही थालिएको छ । ती गोरा युवकले अमेरिकाको साउथ क्यारोलाइनाको चाल्र्सटनस्थित एक अफ्रिकन–अमेरिकन चर्चमा अन्धाधुन्ध गोली प्रहार गर्दा ९ जनाको ज्यान गएको थियो । 

१९औं शताब्दीमा बनेको यो चर्च अमेरिकी इतिहासमा सबैभन्दा पुरानो र ऐतिहासिक हो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news