मन्त्रिपरिषदको बैठक बस्दै
असार ४ काठमाडाैं-
सरकारले दाता सम्मेलनका विषयमा आज कार्यविधि बनाउने भएको छ । सम्मेलनमा राख्ने प्रस्ताव, पुनःनिर्माणको योजनाका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।
बिहान १० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय योजना आयोगले बनाएको योजना, अर्थमन्त्रालयको प्रस्तावका आधारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाता सम्मेलन असार १० गते हुँदैछ ।
त्यस्तै बाडी प्रभावित क्षेत्रका नागरिकहरुको पुनस्थापना, सजगता लगायतका विषयमा पनि छलफल हुनेछ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news