सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

जेठ १९ सिन्धुपाल्चोक-
सिन्धुपाल्चोककको युमुनाडाँडामा मंगलबार दिउँसो हेलिकोप्टर दुर्घटना भएको छ । दिउँसो ४ बजेर २५ बजे माउन्टेन एयर होलिकोप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । राहत सामग्री लिएर गएको हेलिकोप्टर बलेफी नजिक यमुनाडाँडामा खसेको हो । 

हेलिकोप्टर बलिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । बलेफी नजिक यमुना डाँडाको जंगलमा हेलिकोप्टर दुर्घटना लगत्तै जलेको सिन्धुपाल्चोकबाट रेडियो सिन्धुका स्टेशन म्यानेजर रत्न श्रेष्ठले जानकारी लिनुभयो । 

उहाँका अनुसार बिजुलीको तारमा अल्झिएर हेलिकोप्टर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ । घटनामा चारजनाको मृत्यु भएको स्थानिय वासिन्दाले बताएका छन् ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news