बाँचेको छु तिमीले साथ छोडे पनी
====रामेश शर्मा निर्दयी=====
नसोध हाल, बाचेकै छु , तिमीले साथ छोडे पनी
तिम्रै नाम जप्दै छु हेर , तिमीले मन मोडे पनी ।
तिम्रै नाम जप्दै छु हेर , तिमीले मन मोडे पनी ।
देखेको होइन लेखेको , हुन्छ भन्दथे भन्नत
तिम्रै बाटो हेरेकै छु नी , अन्तै नाता जोडेपनी ।
तिम्रै बाटो हेरेकै छु नी , अन्तै नाता जोडेपनी ।
संगै बाच्ने मर्ने सपना देख्नु, के गलत थियो खै
सजायका ती सपनाका महल ,तिमीले तोडे पनी ।
सजायका ती सपनाका महल ,तिमीले तोडे पनी ।
लत्यायै किन, के कम थ्यो र? मुटुनै तिम्रै थ्यो
नफुल्ने फुल भो मेरो पिरती, मलजल गरी गोडे पनी ।
नफुल्ने फुल भो मेरो पिरती, मलजल गरी गोडे पनी ।
खोज्छु भुल्न सक्तिन म खै, कस्तो रोग दियेो
तिम्रो याद मेटीन्न हेर ,यो मुटुलाइ फोडे पनी ।
तिम्रो याद मेटीन्न हेर ,यो मुटुलाइ फोडे पनी ।
-चितवन( हाल अाबुधाबी)







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news