संविधानको मस्यौदा लेखनको काम सुरु
मेचीकाली, जेठ ३२ काठमाडाैं-
संविधानको पहिलो मस्यौदा लेखनका लासिग उपसमितिहरुले काम थालेका छन् । आइतबार मस्यौदा समितिले जिम्मा दिए अनुसार समिति अन्र्तगतका पाँचवटा समितिले आजदेखि काम थाल्दैछन् ।
बिहान देखि नै काम सुरु गर्ने र मंगलबार साँझसम्मका मस्यौदा तयार गरेर पर्सी समितिमा बुझाउने समितिका सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।
समितिले तीन दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न मातहतका पाँच उपसमितिलाई निर्देशन दिएको छ । समिति अन्र्तगतका भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका उपसमिति, हितराज पाण्डेको संयोजकत्वमा कार्यपालिका उपसमिति, रमेश लेखकको संयोजकत्वमा न्यायसमिति, जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना उपसमिति र अइन्द्रसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति रहेका छन् ।
संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले फरक मतसहित पठाएको १६ बुँदे सहमतिलाई संविधानसभाको पूर्ण बैठकले पारित गर्दै मस्यौदाका लागि समितिमा पठाएको हो ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news