सात जिल्लामा ११, १२ को परीक्षा तालिका सार्वजनिक

जेठ ३२ काठमाडाैं-
उच्च माध्यमिक शिक्षा परिषदले भूकम्पबाट अतिप्रभावित सात जिल्लामा स्थगित कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्वजनिक गरेको छ । 

धादिङ, गोरखा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा कक्षा १२ को असार १४ र ११ को परीक्षा असार २४ गतेबाट सञ्चालन गरिने परिषदका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परीक्षको तयारी सबै पुरा भइसकेको छ । 

यसैबीच यसवर्षको एसएलसी परीक्षाको नतिजा प्रकाशित गर्ने तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । परीक्षा नियन्त्रण विष्णुबहादुर द्धारेले असारको पहिलो हप्ता परीक्षा प्रकासित गर्नेगरि सबै तयारी पुरा भएको बताउनुभयो । 

जेठ ३० मा एसएलसीको नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि भूकम्पका कारण अलि ढिला भएको हो । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news