दाता सम्मेलनमा उठ्यो साढे तीन खर्ब

असार १० काठमाडाैं-
भूकम्प पछिको पुनःस्थापना, पुनःनिर्माण र नवनिर्माणका लागि आयोजित ‘नेपालको पुनःनिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलनमा साढे तीन खर्ब रुपैयाँभन्दा बढी सहयोग रकम जुटेको छ । 

आज राजधानीको एक होटलमा भएको सम्मेलनमा ३ खर्ब २६ अर्ब रुपैयाँ जुटेको हो । यो रकममा भारत लगायतका विभिन्न देशले आगामी पाँच वर्षभित्र दिने भनिएको सहायता रकम जोड्दा अझ बढी हुन्छ । 

कुल ५६ दाताहरुको सहभागिता रहेको सम्मेलनमा १२ भन्दा धेरै दाताहरुले ३ खर्ब ३६ अर्ब रुपैयाँ भन्दा बढी अनुदान तथा सहुलियत व्याजदरमा ऋण सहयोग गर्ने घोषणा गरेका छन् । सम्मेलनमा बोल्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब तत्कालै र अर्को १ खर्ब आगामी पाँच वर्ष भित्रमा उपलब्ध गराउने घोषणा गर्नु भएको छ । दाता सम्मेलनमा सबैभन्दा बढी अनुदानको घोषणा चीनले गरेको छ । 

सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यीले ३ सय बिलियन युआन (४ सय ८३ मिलियन अमेरिकी डलर) अर्थात ४८ अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान घोषणा गर्नु भएको हो । जापानले २६ अर्ब सहयोग दिने घोषणा गरेको छ । अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै जापानी बिदेश राज्यमन्त्री मिनोरु कियुची ले यस्तो घोषणा गर्नु भएको हो । 

नर्वेका विदेशमन्त्री विदेशमन्त्री वर्ग ब्रेण्डले ३० मिलियन अर्थात ३ अर्ब रुपैयाँ सहायता दिने घोषणा कार्यक्रममा गर्नु भएको छ । अमेरिकाले १ सय ३० मिलियन डलर अर्थात १३ अर्ब रुपैयाँ आर्थिक सहायताको घोषणा गरेको छ । युरोपेली युनियनले १०० मिलियन युरो अर्थात १ अर्ब १३ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । सम्मेलनमा एशियाली विकास बैंकले ६०० मिलियन अर्थात ६० अर्ब रुपैयाँ दिने घोषणा गरेको छ । 

गत बैशाख १२ र २९ गतेको भूकम्पले मुलुकको अर्थतन्त्रमा ७ खर्ब बढीको क्षति गरेको राष्ट्रिय योजना आयोगले तयार पारेको पीडीएनए प्रतिवेदनमा उल्लेख छ पीडीएनए प्रतिवेदनमा भूकम्पले पु¥याएको क्षतिको पुनर्निर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ आवश्यक रहेको उल्लेख छ ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news