नजरबन्दमा गायीका विष्णु माझीको अवस्था

असार १० पोखरा-
भूकम्पपछिको विपद् व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले गाविसहरू आपसमा गाभ्ने प्रस्ताव ल्याएको छ । 

थोरै जनसंख्या र साना क्षेत्रफलका गाविसमा विपद् व्यवस्थापन गर्न अप्ठ्यारो परेको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाविस गाभेर एकीकृत सेवा दिन प्रस्ताव गरेको हो । देशभरिका ३२७६ गाविस गाभेर ८ सयदेखि १ हजारको संख्यामा झार्न प्रस्ताव गरिएको छ । मन्त्रालयले यो प्रस्ताव कार्यन्वयनका लागि मान्त्रिपरिषद्मा लैजाँदैछ ।

मन्त्रालयका उपसचिव रमेश केसीका अनुसार सुरूमा भूकम्प अतिप्रभावित १४ जिल्लाका गाविस गाभ्ने प्रस्ताव ल्याइएको थियो । ती जिल्लाका ५८० गाविस गाभ्न छलफल गर्दा सामान्य प्रशासन मन्त्रालयले यही बेला देशभरकै गाविस गाभ्दा व्यावहरिक हुने सुझाव दिएको थियो । गाभिएका गाविसमा आवश्यक कर्मचारी दरबन्दी दिन पनि सामान्य प्रशासन तयार भएको छ ।

“सामान्य अवस्थामा पनि एक्ला गाविस सचिव पर्याप्त थिएनन् । झन् अहिले विपद् व्यवस्थापनका बेला अस्तव्यस्त छ,” केसीले भने, “गाविस गाभे शाखा अधिकृतस्तरका सचिव र उसको नेतृत्वमा सब–इन्जिनियर, लेखापाल, अमिन, कम्प्युटर अपरेटरलगायत कर्मचारीको दरबन्दी सिर्जना गरेर खटाउन सकिन्छ ।” साना एकाइका गाविस गाभ्दा स्थानीयस्तरमा प्रभावकारी र एकीकृत सेवा दिन सकिने मन्त्रालयको बुझाइ छ । कृषि, स्वास्थ्य, पशु, वन, हुलाक अन्य सरकारी सेवा पनि गाविसकै मातहत रहने गरी सञ्चालन गर्ने योजना रहेको केसीले बताए ।

गाविस गाभ्ने मुख्य आधारहरूमा आर्थिक सम्भाव्यता, जनसंख्या र क्षेत्रफललाई लिइएको छ । आन्तरिक आयको सम्भाव्यता र केन्द्रीय अनुदानको आवश्यकता अध्ययन गरेर गाभ्न प्रस्ताव गरिएको छ । साथै गाभिने गाविसलाई दिइने केन्द्रीय अनुदान पनि बढाइनेछ ।

“वार्षिक ३०–३० लाख रुपैयाँ केन्द्रीय अनुदान पाउने २ गाविस गाभिए ६० लाख रुपैयाँको सट्टा १ करोड २० लाख रुपैयाँ दिन प्रस्ताव गरिएको छ,” केसीले भने, “ठूलो बजेट पाउने भएपछि गाविस गाभ्न नागरिक पनि सहमत हुन्छन् । धेरै बजेटले धेरै काम पनि गर्न सक्छ ।”

गाउँ विकास समितिको सट्टा गाउँपालिका नामाकरण गर्न पनि प्रस्ताव गरिएको छ । गाउँपालिकामा भन्दा बढी तर नगरपालिकामा भन्दा थोरै जनसंख्या, भौतिक पूर्वाधार, आर्थिक परिचालन भएका ठाउँमा उपनगरपालिका गठन गर्ने प्रस्ताव पनि गरिएको छ ।
स्वायत्त शासन ऐन र नियमावलीमा गाउँपालिका र उपनगरपालिकाको व्यवस्था नभएकाले यसका लागि ऐन र नियमावली नै संशोधन गर्नुपर्ने हुन्छ । संशोधन गरेरै भए पनि उपनगरपालिका र गाउँपालिकाको व्यवस्था गर्ने तयारी भइरहेको केसीले बताए ।

“हाम्रा गाविस यति साना एकाइमा बाँडिएका छन् कि सप्तरीमा मात्रै ९६ गाविस छन् । ससाना एकाइमा विभाजित हुँदा बजेट, सेवाप्रवाह, जनसंख्या खण्डित भए,” केसी भन्छन्, “अहिले भूकम्पप्रभावित गाविसमा पनि भएको यही हो । १–२ हजार जनसंख्या भएको एउटा गाविसमा शाखा अधिकृतसहितको टोली खटाउन सम्भव छैन । एकीकृत सेवाप्रवाहका लागि गाभ्नुको विकल्प छैन ।”

गाविसको संख्या घटाउन मन्त्रालयसँग आवश्यक पूर्वाधारको कमी नभएको दाबी केसीले गरे । भूउपग्रहमार्फत संकलन गरिएका सूचनाका आधारमा कुन गाविसको कुन वडामा कति जनसंख्या छ भन्ने तथ्यांक मन्त्रालयसँग रहेको उनले बताए । “विभिन्न प्राविधिक अध्ययनबाट लिइएका जानकारी छन् । आवश्यक परे तत्काल जिविसहरूबाट जानकारी लिन सक्छौं,” उनले भने ।

आशंका पनि उत्तिकै
गाविस गाभ्ने प्रस्ताव राजनीतिक तहबाट स्वीकृत नहुन सक्ने खतरा पनि देखिन्छ । केही दिनअघि ठूला ४ दलले गरेको १६ बुँदे सहमतिमा यथाशक्य चाँडो स्थानीय चुनाव गर्ने उल्लेख छ । गाविस गाभ्ने सरकारी प्रयासले राजनीतिक सहमति भाँडिन सक्ने हो कि भन्नेमा सरकारी अधिकारीहरू सशंकित देखिन्छन्, किनकि तत्काललाई गाविस गाभ्नेभन्दा पनि स्थानीय निर्वाचन महत्वपूर्ण छ ।

गाविस गाभ्न उच्चस्तरीय राजनीतिक सहमति आवश्यक पर्छ÷पर्दैन भन्ने अहिलेसम्म टुंगो लागेको छैन । जबकि, गत वर्ष सरकारले नगरपालिका घोषणा गर्दा राजनीति सहमति आवश्यक परेको थिएन । गाविसको संख्या घटाउनेमा सरकार सकारात्मक देखिए पनि प्रतिपक्षी दलहरूले असहमति जनाउँदा स्थानीय चुनाव भाँडिन सक्ने हो कि भनेर सशंकित छ । साथै, गाभ्ने कि नगाभ्ने भनेर सहमति खोज्न थालियो भने बहस लम्बिएर कामै नहुन पनि सक्ने देखिन्छ । “राजनीतिक सहमति हाम्रो कार्यक्षेत्रभन्दा कलाकार बादल घिमिरेले लोक गायीका विष्णु माझीलाई उनका श्रीमानले नजरबन्दमा राखेको भन्दै उनको विषयमा कुरा उठाउन सञ्चार माध्यम र अधिकारकर्मीलाई आग्रह गरेका छन् । विष्णु माझी चर्चित लोक गायीका भएपनि उनको चरम शोषण भैरहेको भन्दै उनले फेसबुकबाट यस्तो आग्रह गरेका हुन् ।
उनको फेसबुक विज्ञप्ति यस्तो छः

सार्वजनिक विज्ञप्ति लगभग तीन बर्षको अन्तरालपछि पुनस् गायिका विष्णु माझीको बारेमा केही लेख्दैछु बिष्णुको बारेमा आवाज उठाए वापत् यो भन्दा अगाडी मलाई अपरिचितबाट ज्यान मार्ने धम्की आएको थियो तर यसपटक पनि जीवनलाई अचानोमा राखेरै भए पनि हिम्मत जुटाएको छु चर्चित लोक गायिका विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका -साविक रत्नपुर – काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् । जुन स्थान वरिपरि गायक कलाकार भगवान भण्डारी , बद्री पंगेनी , एकनारायण भण्डारी ,रूपक डोटेल , रामजी खाँण आदि जन्मिएको भूमि हो मेरो घरबाट विष्णुको घर पुग्न लगभग पन्ध्र मिनेटको दुरी पर्छ विष्णुको बारे पछिल्लो समयमा सञ्चार माध्यममा आवाज उठ्न थालेको छ म चाहन्छु यथार्थ वाहिर आओस् र विष्णुले बाँकी जिन्दगी भूमिगत रूपमा बिताउन नपरोस् एक दशक अगाडी ठ्याक्कै साल भूलेँ बुटवल महोत्सवबाट विष्णुको जादुयी स्वर सुनेर सुन्दरमणी अधिकारीले गायिका बनाउँछु भनेर विष्णुलाई काठमाण्डौँका लागि रात्रीबस चढाएका थिए आज विष्णु यो देशकी महंगी र चर्चित गायिका त बनिन् तर सुन्दरमणीले चढाएको विष्णुको जिन्दगीको रात्रीबस कहाँ पुग्यो कसैलाई पत्तो छैन ।

लाग्छ विष्णु स्वयं अनभिज्ञ छन् विष्णुको स्वर नसुन्ने त यो देशमा बिरलै होलान् तर विष्णुको भूमिगत जिन्दगीको बारेमा कमैलाई थाह होला देशकै चर्चित गायिका कुनै सञ्चार माध्यममा छाउँदिनन् न त देश विदेशको कन्सर्टमै देखा पर्छिन् न उनीसंग आफ्नो घर छ न एउटा मोबाइल आखिर विष्णुलाई यस्तो कस्ले बनायो रु उत्तर स् सुन्दरमणी अधिकारीले विष्णु गीत गाँउछिन् सुन्दरमणी पैसा बुझ्छन् विष्णुको जिन्दगीको रिमोट सुन्दरको हातमा छ लाग्छ विष्णुले श्वास फेर्न पनि अनुमति सुन्दरकै लिनुपर्छ र ? 

हुन त केही बर्ष अगि सुन्दरले विष्णुलाई बिहे गरे भन्ने सुनियो तर बिष्णुले गाएर कमाएको करोडौँ पैसासंग गरे बिष्णुसंग थाह भएन आफ्नै श्रीमतीलाई भूमिगत शैलीमा बाँच्न विवश तुल्याउने अधिकार श्रीमानलाई हुन्छ रु विष्णु सुन्दरमणीको नजरबन्दमा छिन् ,उनको अवस्था के छ कसैलाई थाह छैन र न त उनका पिता तारा माझीलाई थाह छ न दाजु बाबुराम माझीलाई नै गीत त गाउँछिन् अझै पनि तर रोबोट शैलीमा रिमोट सुन्दरको हातमा छ अन्तमा विष्णुको बारेमा यथार्थ बाहिर किन ल्याउँदैनन् यो देशका पत्रकारहरू रेखा थापाको पाइन्ट एक इन्च तल झरे हेडलाइन खबर बनाउने पत्रकार महोदयहरू किन चुपचाप छन् र ?

डन चरी मारिँदा सदन अवरूध्द गराउने दलहरू के गरिरहेका छन् रु यो देशमा महिला अधिकारकर्मी छन् कि छैनन् ? छन् भने कहाँ रत्यौली खेलेर बसिरहका छन् ? हामी सम्पूर्ण संगीतप्रेमीहरूलाई एकमुष्ट जवाफ चाहियो ? यस अघि गायीका विष्णु माझीको भूमिगत जीवन शैलीको विषयमा नेपाल साप्ताहिकमा पनि एउटा फिचर प्रकाशित भएको थियो । 

उक्त फिचरका लेखक पत्रकार गोकर्ण गौतमले पनि विष्णु माझीलाई उनीसँग विवाह गरेको भनिएका कलाकार सुन्दरमणि अधिकारीले सम्पूर्ण नियन्त्रणमा राखेको उल्लेख गरेका थिए । उनले लेखेका छन् पाँच हजार गीतमा स्वर भरिसकेकी र दशकभन्दा बढी समयदेखि लोकगायनमा जमेकी बिष्णुको जीवन गुममान छ, लगभग भूमिगत शैलीमा । एक दशकको बीचमा उनी कुनै सार्वजनिक समारोह वा सञ्चारमाध्यममा देखा परेकी छैनन् । एउटा गीत गाएको अरु कलाकारले ६ ,७ हजार रुपियाँ बुझ्ने बिष्णुको नयाँ तस्बिर बाहिर नआएकै आठ बर्ष बित्यो । स्वदेश तथा विदेशका सांस्कृतिक कार्यक्रममा उनको अत्यधिक माग छ तर कतै देखिन्नन् ।

समकक्षी कलाकारसँग उठबस छैन् । कतिपय भने स्टुडियोमा गीत रेकर्ड गराउँदा पनि उनले पर्दा लगाएर गाउने गरेको एक रेकर्डिस्टको भनाई छ । गाएरै सवैभन्दा धेरै कमाउनेमध्येकी यी लोकगायिकाको जीवनशैलीमा कुनै परिवर्तन आएको छैन । जस्तो सञ्चारप्रविधिको यो युगमा उनीसँग मोवाइलसमेत छैन । उनको काठमाण्डू बसाइबारे पनि धेरै जानकार छैनन् । 

यति चर्चित गायिका किन गुमनाम छिन त रु किन समाजमा घुलमील भएकी छैनन रु सोसल चार्म सिर्जना गर्न चाहन्न् रु उनीवरिपरि घुम्ने यिनै प्रश्नले नेपाली लोकगायन करिव दशकदेखि अनुत्तरित छ । बिष्णुको करिअरलाई नजिकबाट नियालीरहेका र लोकसंगीतमा सक्रिय स्रष्टाहरु उनको जीवनशैली गुमनाम हुनुको कारण मान्छन् सुन्दरमणी अधिकारीलाई ।

, ,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news