दलहरु आन्तरिक छलफलमा सयुक्त बैठक विहिबार बस्ने
संविधान र सरकार गठनका विषयमा सहमति खोज्न दलहरु आज दिनभर आन्तरिक छलफलमा व्यस्त रहने भएका छन् । मंगलबारको सहमति अनुसार आज दिनभर आन्तरिक छलफल गरेपछि बिहिवारमात्र सहमति गरिनेछ ।
विहिवार नै संविधानसभाको बैठक पनि बोलाइएको छ । प्रमुख राजनीतिक दलहरूले ६ प्रदेश निर्माण गर्ने गरी नयाँ संविधानका विवादित विषय टुंग्याउने गरि छलफल गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको बैठकमा संघीयताअन्तर्गत ६, ७ र ८ प्रदेशको विकल्पमा छलफल भए पनि दलहरूको जोड कम प्रदेश बनाउनेमा रहेका नेताहरुले बताएका छन् ।
आज आन्तरिक छलफल गरेपछि भोलि संघियताको विवाद टुङ्गो लगाउने एमाले नेता अगन्ी खरेलले जानकारी दिनुभयो । निर्वाचन प्रणालीमा भने दलहरुले सहमति जुटाएका छन् । निर्वाचन प्रणालीतर्फ ६० प्रतिशत प्रत्यक्ष र ४० प्रतिशत समानुपातिकमा सहमति भएको छ । भोली बिहान ९ बजे बस्ने शीर्ष बैठकले अरु विषयमा पनि सहमति गरेपछि प्याकेजमा सरकार गठनका विषयमा कुरा हुनेछ ।
यसअघि कांग्रेस र एमालेले सात प्रदेशको नौबुँदे साझा अवधारणा संविधानसभामा पेस गरेका थिए। एकीकृत नेकपा माओवादीसहितका विपक्षी मोर्चाले भने एकल जातीय पहिचानयुक्त १० प्रदेशको अवधारणा अघि सारेका थिए ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news