अज्ञात ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी ९ जनाको हत्या

जेष्ठ २० काठमाडौं-  
अफगानिस्तानमा एक अज्ञात ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी ९ जनाको हत्या गरेको छ ।

अफगानिस्तानको बल्ख प्रान्तमा अफगानी सहायताकर्मीहरु रहेको गेष्ट हाउसमा भएको गोली प्रहारमा मारिनेमा एक महिला पनि रहेकी छन् ।

‘पिपुल इन नीड’ नामक संस्थाका सहायताकर्मीहरु रहेको सो गेष्ट हाउसमा प्रवेश गरेका ब्यक्तिले सुतिरहेका सहायताकर्मीमाथि गोली प्रहार गरेको बुझिएको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन । imagekhabar बाट । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news