पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशको अग्रता

असार ४ काठमाडाैं-
भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा बंगलादेशले अग्रता सलिएको छ । ७९ रनको फराकिलो जित निकाल्दै बंगलादेशले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिएको हो । 

बंगलादेशको मिरपुरमा विहीबार राति सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले अन्तिम ओभरमा अलआउट हुनुपूर्व ३ सय ७ रनको योगफल तयार गरेको छ । बंगलादेशका लागि तमिम इकबालले ६० तथा सौम्य सरकारले ५४ रनको योगदान गरे । 

भारतका रविचन्दन आश्विनले ३ विकेट लिए । बलिङतर्फ पहिलो एक दिवसीय खेल खेलेका मुस्तफिजुर रहमानले ५ विकेट लिँदै भारतको हार पक्का गरे । श्रृंखलाअन्तर्गतको दोस्रो एक दिवसीय खेल आगामी आइतबार ढाकामा हुनेछ ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news