अविरल वर्षाले सर्लाहीको जनजीवन अस्तव्यस्त
![]() |
| फाइल फोटो |
एस.पी.गौरब, असार ४ सर्लाही-
लामो समयदेखी पानी नपरेको र अचानक बिहीबार राति कबिर २ बजे परेको अविरल वर्षाले सर्लाहीको जनजीव कष्टकर बन्दै गएको छ ।
राती देखी परेको पानीका कारण सर्लाहीको लालबन्दी नगरपालीकाका विभिन्न वडाहरु लगायत सर्लाहीका विभिन्न स्थानहरु डुवानमा परेका छन ।
लामो समयसम्म लगातार परेको पानीले पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने लालबन्दी नगरपालीकाको वजारको जनजीवन अस्तव्यास्त भएको छ । सडक अग्लो स्थानमा रहेका ठाउँहरुमा सडकको वरिपरि रहेका होटल तथा पसलहरुमा पानी पसे पछि समस्या सृजना भएको छ ।
सरकारको विकासमा वेखबर वनेका लालबन्दी नगरबासीको घाउमा यो अर्काे नुन छरिएको छ । बजार व्यावस्थापन, ढल निकास तथा फोहोर व्यावस्थापनमा समेत नगरपालीकाको ध्यान पुग्न नसकेको नगरबासीको आरोप छ । जसका कारण सामान्य पानी पर्दा समेत नगरबासीमा जलमग्नता आउने गरेको छ । सोही क्रममा बिहीबार रातीदेखी परेका पानीका कारण लालबन्दी नगरपालीका ७ का सिताराम फुयाँल तथा सोही स्थान निवासी काले कामीको घर पानीले भत्केको छ ।
लालबन्दी नगरपालीका ६ का भेटेयाङ थिङको पनि घर भत्केको छ ।सोही ठाउँ निवासी ज्ञान बा. गोलेको निर्माणधीन निजी विद्यालयको पर्खाल समेत ढलेको छ । लालबन्दी नगरपालीकाले भरखरै सुरु गरेको नगरपालीका वडा नं.३ मा निर्माधीन वातावरण मैत्री पार्क समेत पुरै डुवानमा परेको छ । नगरपालीका वडा नं. ५ मा रहेको श्री रक्भेल र्बोडिङ स्कुलमा पनि पानी पसेका कारण पढन पाढन अवरुद्ध भएको छ ।
निर्माणधीन रेल्वे पुलले पानी निकासी बन्द गरि दिँदा मेजर गंजका धेरै घरहरु डुवानमा परेका छन । नगरपालीका भित्र रहेको घाँसे वाली तथा विउ विजन फर्म समेत डुवानमा परेको छ ।कालीन्जोर खोलाको पानी वजार पस्दा बस्तिपुरको बस्ती पुरै जोखीममा परेको स्थानीयबासीेले बताए ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news