अबैध लागु औषध बरामत

एस.पी.गौरब, असार २ सर्लाही-
सर्लाही प्रहरीले लागु औषध बरामत गरेको छ । मंगलबार दिउँसो करिब ४ः३० बजेको समयमा मलंगवा नगरपालीका वडा नं.१० मा रहेको राजदेबी मन्दिर नजिकमा संखवासभा सितलपाटी ९ बस्ने बर्ष २६ को जिबन गुरुङलाई शंका लागी चेकजाँच गर्दा नाईट्रोजेपाम २२० ट्याबलेट,सिरिन्ज२थान फेला पारेको सर्लाही प्रहरीले जनाएको छ । 

प्रहरी हवल्दा बिरेन्द्र कुमार साह को कमान्डमा बिशेष गस्ति गर्ने क्रममा  शंका लागि चेकजाँच गर्दा उक्त अबैध लागु औषध फेला पारेको सर्लाही प्रहरीले जनाएको छ ।  

लागु औषध सहित पक्रउ परेका गुरुङलाई आवश्यक अनुसन्धान तथा कर्वाहीको लागि जिल्ला प्रहरी कार्यलय सर्लाहीमा राखीएको प्रहरीले जानकारी दिएकोे छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news