सवारी दुर्घटनामा २ घाईते


एस.पी.गौरब,असार २ सर्लाही-
सर्लाहीको लालबन्दी नगरपालीका ५ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना भएको छ । पशिचम बाट पुर्व तर्फ आईरहेको बा ३१ प ३२७४ नं को मोटरसाईकलले सोही दिशातर्फ गईरहेको ठेलालाई पछाडिबाट ठक्कर दिदा ठेला चालक लालबन्दी नगरपालीका ५ बस्ने बर्ष ५० को किशोरी साह घाईते भएका हुन । 

घाईते साहको दाहिने कन्चटमा चोट लागेको र  प्रारथमीक स्वास्थ्य केन्द्र लालवन्दी लगीएकोमा त्याहाँ सामान्य उपचार पश्चात उपचारको लागी बिरगंज हेल्थ केयरमा पठाईएको छ । भने ठक्कर दिने मोटरसाईकल र चालकलाई आवश्यक कार्वाहीको लागि  नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय लालवन्दीले जनाएको छ । 
त्यस्तै ईश्वरपुर नगरपालीका वडा नं. ६ स्थित भित्री सडक खण्डमा BR 30C7132 नं भारतीय  मोटरसाईकलको ठक्करबाट पैदलयात्री ईश्वरपुर नगरपालीका वडा नं. ६ निवासी बर्ष ४९ का पल्टु बि.क घाईते भएका हुन । ठक्करबाट घाईते भएका बि.कको स्थानिय सि.टि अस्पतालमा उपचारमा भैरहेको र ठक्कर दिने मोटरसाईक प्रहरीको नियन्त्रणमा रहेको सर्लाही प्रहरलिे जनाएको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news