आज बिहानै भूकम्पका चारवटा झड्का


असार २ काठमाडाैं-
बैशाख १२ गतेको भूकम्प पछिको पराकम्पन आउने क्रम अझै रोकिएको छैन । आज बिहान बिहानै भूकम्पका चारवटा झट्का महसुस भएको छ । थोरै समयको अन्तरालमा गएका चारवटा भूकम्पको केन्द्रविन्दु फरकफरक ठाउँमा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रको वेभसाइटले उल्लेख गरेको छ । पहिलो तीनवटा झड्का २८ मिनेट भित्र गएका थिए ।  

पहिलो झड्का ४.४ रेक्टर स्केलको काठमाडौंलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ५८ मिनेट जाँदा गएको थियो । त्यसको १६ मिनेट पनि ६ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्द भएर ५.२ रेक्टर स्केलको झट्का महसुस गरिएको थियो । 

यस्तै ६ बजेर २६ मिनेट जाँदा सिन्दुपाल्चोक नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको अर्को परकम्प गएको थियो । बिहान ८ बजे सिन्धुपाल्चोकमा नै ५ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ । बिहान काठमाण्डुमा गएको पराकम्पनले नागरिकहरु सबै घर बाहिर निस्किएका थिए । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news