नेपाली मुस्लिम समाज द्वारा बृहद इफ्तार गरिने

चिरन्जिबी तिम्सिना, असार ३ दोहा कतार-
मुस्लिम सेवा समाज कतारको अगुवाइमा ईलाम धर्मावलम्बीहरुको पबित्र महिना रमाजानको शु-अबसरमा सदाका बर्षहरु झैँ यसबर्ष पनि बृहद इफ्तार कार्यक्रम हुने भएको छ | 
नेपाली मुस्लिम समाज कतार द्वारा दोहा कातारको गोल्डेन फोर्क रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा मार्फत यो बृहत इफ्तार हुन गैरहेको जानकारी गराईएको हो |
मिति ३ जुलाई २०१५ शुक्रबारका दिन मानव कल्याणकारी संस्था शेख तानीबिन अब्दुल्लाह मानवकल्याणकारी समिती राफ कतारको अयोजना तथा नेपाली मुस्लिम समाज कतारको सम्वन्यमा दोहाको न्यू सलाता स्थित अल अरवि सपोर्ट क्लवमा दिउसो ३ बजेबाट बृहत इफ्तार कार्यक्रम हुने भएको छ । 


धर्म र सस्कार र सस्कृतिको सम्बर्धन तथा भाइचाराको बिकाषका निमित्त नेपाली मुस्लिम समाज कतारले उक्त कार्यक्रमलाई सम्वन्य गर्ने भएको हो । सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि आयोजना गरिएको यस कार्यक्रममा सदाका बर्षहरु जस्तै उत्तिकै ( करिब अठार सय देखि दुइहज्जार जान सम्मको ) उपस्थिति रहने  समाजका अध्यक्ष अब्दुल हफिज मियाले जानकारी दिएका छन् |
उक्त पत्रकार सम्मेलनमा समाजका पुर्व अध्यक्ष तथा एनआरएनए कतारका बर्तमान अध्यक्ष मक्सुद आलम, समाजका सल्लाहकार संयोजक अजिजुर रहिमन शेख महमद उजिर शेख, महमद हरुन, मौलाना आयुब अलि लगायत समाजका पदाधिकारीहरुको बाक्लै उपस्थित रहेको थियो ।
     
कतारको नयाँ नियम कानुनको बारेमा जानकारी तथा विभिन्न जनचेतना मुलक प्रस्तुति हरुका साथै ट्राफिक दुर्घटना सम्बन्धि मुख्य जानकारीका साथ कतारको आन्तरिक मामिला मन्त्रालयबाट समेत ईफतार कार्यक्रममा सहभागिता रहने भएको हुनाले कार्यक्रममा आउनजानका लागी यातायातको समेत व्यवस्था गरिने जानकारी गराइएको थियो | 

कतार वासी नेपाली समुदायलाई एकबद्ध भएर लैजानका लागी उक्त कार्यक्रमको आयोजना गरिएको बताउदै कतारमा स्थापित सबै नपाली संघसंस्थाहरुलाइ समेत निमन्त्रणा गरिने तथा  गत बर्षको जस्तै यो बर्ष पनी उल्लेख्य नेपालीहरुको उपस्थिती रहने अपेक्षा रहेको जानकारी गराइएको थियो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news