एस एल सी परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारी हुदै
असार ३ काठमाडाैं-
परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । अन्तिम तयारी भइसकेको र भोलिसम्ममा नतिजा सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले अहिले उत्तरपुस्तिका परीक्षणपछि संकलित परीक्षार्थीको प्राप्तांकको रुजु गरिरहेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार परीक्षा निण्न्त्रण कार्यालयले अन्तिम तयारी गरिरहेको छ । उहाँले भोलि वा पर्सी सम्ममा नतिजा आउने बताउनुभयो । यस वर्षको एसएलसीमा नियमित तथा आंशिक गरेर पाँच लाख ७४ हजार ६ सय ८५ परीक्षार्थी सहभागी छन्।
जसमध्ये नियमिततर्फ चार लाख २६ हजार दुई सय १४ र आंशिकतर्फ एक लाख ४५ हजार एक सय ८३ जना सहभागी छन् । नियमिततर्फ छात्राको संख्या दुई लाख १३ हजार सात सय १० र छात्रको संख्या दुई लाख १२ हजार पाँच सय चारजना थियो। आंशिकतर्फ छात्र ५१ हजार दुई सय ५३ र छात्राको संख्या ८५ हजार नौ सय ३० थियो । परीक्षा चैत २ गते सुरु भएको थियो ।
How to check 2072 slc result?
www.slc.ntc.net.np
Go to Message and type : slc<space><symbolNumber> and send the sms to 1400
www.slc.ntc.net.np
Go to Message and type : slc<space><symbolNumber> and send the sms to 1400







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news