रोबर्ट लेभान्डोस्कीले युरोपियन च्याम्पियनसिप छनोट दोस्रो सर्वाधिक छिटो हृयाट्रिकको रेकर्ड

जेठ ३१ काठमाडौं-
रोबर्ट लेभान्डोस्कीले युरोपियन च्याम्पियनसिप छनोट दोस्रो सर्वाधिक छिटो हृयाट्रिकको रेकर्ड बनाएका छन् ।
 
युरो कप छनोट फुटबलमा लेभान्डोस्कीले हृयाट्रिकको मदतमा पोल्याण्डले जर्जियालाई ४-० ले पराजित गरेको छ । 

लेभान्डोस्कीले इन्जरी टाइममा ४ मिनेटमा तीन गोल गर्दै रेकर्ड बनाएका हुन् । चारै गोल दोस्रो हाफमा भएको थियो । ६२ औं मिनेटमा मिलिकको गोलबाट पोल्याण्डले अग्रता लियो । 

८९ औं मिनेटमा लेभान्डोस्कीले गोल गरे । ९० मिनेटको खेल सकिएपछि ४ मिनेट समय थपियो । त्यसको पहिलो मिनेटमा गोल गरेका लेभान्डोस्कीले तेस्रो मिनेटमा तेस्रो गोल गर्दै इन्जुरी टाइममा नाटकीट हृयाट्रिक पुरा गरे ।
अर्को खेलमा जर्मनीले आन्द्रे सुर्लेको हृयाट्रिकको मदतमा जिब्राल्टरलाई ७-० ले पराजित गरेको छ । सुर्लेले २८, ६५ र ७१ औं मिनेटमा गोल गर्दै हृयाट्रिक पुरा गरेका हुन् । जितपछि जर्मनी १३ अंकका साथ समूहको दोस्रो स्थानमा छ ।अनलार्इन खबरबाट

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news