४.२ म्याग्नेच्यूटको धक्का महशुस

जेठ ३१  काठमाडौं-
आइतबार बिहानै ४.२ म्याग्नेच्यूटको धक्का महशुस भएको छ । नुवाकोटलाई केन्द्र विन्दु बनाएर बिहान ५ बजेर ५९ मीनेटमा ४.२ म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार पनि बिहान ७ बजेर ३ मीनेट जाँदा दोलखा केन्द्र बनाएर ५.२ म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।

गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि पराकम्पन आउने क्रम रोकिएको छैन् । यो क्रम केही समयसम्म जारी रहने विज्ञहरुको भनाइ छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news