किन हामीलाई सँधै फेसबुक हेर्न मन लाग्छ? -विज्ञानको उत्तर
“हाम्रो दिमागले जहिले पनि नयाँ स्ट्याटस अपडेट खोजिरहेको हुन्छ।”
कुनै पनि काम गरिराखेको होस् या कुनै काम नगरेको बेला होस्, यसो एकचोटि फेसबुकमा के भइरहेको छ भनेर जिज्ञासा लाग्ने मलाई मात्रै त पक्कै होइन होला। यदि तपाईँलाई नि त्यस्तै जिज्ञासाले सताउँछ भने ‘युनिभर्सिटि अफ क्यालिफोर्निया’ को यो अध्ययनको बारेमा जान्न पक्कै जरुरी हुन्छ। अनुसन्धानकर्ताहरूले हाम्रो दिमाग र फेसबुकको अन्तरसम्बन्धको बारेमा खुलासा गरेको छ।
“हामी व्यस्त होस् या फुर्सदमा होस्, फेसबुकमा राखेको फोटोमा लाइक, कमेन्ट र सेयरको प्रतिक्षा हाम्रि दिमागले गरिरहेको हुन्छ, किनभने हाम्रो दिमाग जहिले पनि सामाजिक तवरले अरूसँग सम्बन्धित भइराख्न खोजेको हुन्छ।”-अनुसन्धानकर्ताहरूको यस्तो भनाइ छ।
सन् १९९० मा के पत्ता लागेको थियो भने हामी आराम गरिरहेको बेला हाम्रो दिमागको एक हिस्सा अझ बढी सक्रिय हुने गर्दछ। अझसम्म त्यो हिस्सा के कुराको लागि त्यसरी सक्रिय हुन्छ त भन्ने कुरा पत्ता लागेको थिएन। हालसालै भएको खोजको कारण उक्त दिमागको हिस्साले अरू मानिसको दिमागसँग सामाजिक तवरले बाँधिन खोज्ने कुरा पुष्टि भएको छ। फेसबुकको काम पनि ठ्याक्कै यस्तै त हो नि!
२१ जना स्वयंसेवकहरूको सहायतामा उनिहरूको दिमागी हालतमा ध्यान दिएपछि के पत्ता लागेको थियो भन्दा आराम गरिरहेको बेला र कुनै तस्विर हेरिरहेको बेलामा मानिसको दिमागको अवस्थामा अति नै बढी अन्तरसम्बन्ध रहेको हुन्छ। तस्बिर हेरिरहँदा अरू मानिसको वेदना र भावनालाई बुझ्ने प्रयास हाम्रो दिमागले गर्दोरहेछ। तर कुनै गणितको हिसाब गरिरहेको बेला उक्त दिमागको हिस्सा पुरै निस्क्रिय हुने अनुसन्धानमा देखिएको थियो। अनुसन्धान समूहको प्रमुख ‘लिबरम्यान‘ ले उक्त दिमागको हिस्सालाई ‘सि.इ.ओ. अफ सोसियल ब्रेन’ नाम दिएका छन्।
फेसबुकको कुरा गर्दा ‘मार्क जकरबर्ग’ले बनाएको यो सामाजिक सञ्जाल मानिसहरूको दिमागको ताल र तरङ्गसँग मेल खाएको छ, त्यसैले होला विश्वका अरबौँ मानिसहरूले फेसबुक चलाउँदछन्।
“जब मैले कामबाट फुर्सद पाएको बेला मेरो दिमागको जुन नेटवर्क सक्रिय हुन्छ, मैले फेसबुक चलाउँदा पनि सोही नेटवर्क सक्रिय हुन्छ, जसले मेरा साथीहरू के गरिरहेका छन्, संसारका मानिसहरू के गरिरहेका छन्, यस्ता कुराहरू जान्न खोजिरहेको हुन्छ। हामी सबैको दिमागले यही नै खोजिरहेको हुन्छ।”-लिबरम्यानले ‘जर्नल अफ कग्निटिभ न्यूरोसाइन्स‘मा यसरी लेखेका थिए।

0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news