राजधानीबाट मंगलबार प्रकाशित आर्थिक खबरहरु
जेठ १९ काठमाडाैं-
राजधानीबाट मंगलबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले स्थानीय दातृ निकायसँग नयाँ कार्यक्रमबारेमा गरिएको छलफललाई प्राथमिकताका साथ खब छापेका छन् ।
कारोबार दैनिकमा दातृ निकायसँग नयाँ कार्यक्रमको अपेक्षा, विदेशी नआएपछि स्वदेशीलाई छुटैछुट, भूकम्पपीडितसँगै बूढीगण्डकी विस्थापितको पुनर्बास पहल, १४ लाख खाद्य असुरक्षा, परियोजना नरोक्न पूर्वअर्थमन्त्रीहरुको सुझाव, शीर्ष नेता कोही निर्माणमा-कोही भ्रमणमा, फूलबारीको ब्वयवस्थापनबाट बाहिरियो क्लार्क समूह लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा विकास साझेदारसँग थप सहयोगको आग्रह, नेपालले दियो क्यानडालाई दक्ष कामदारको सूची, दीर्घकालिन पुनर्निर्माणमा जोड दिन सुझाव, मन्त्रीको निर्देशनमा पेट्रोलियमको मूल्यवृद्धि फिर्ता, मलेसिया एयरलाइन्स संकटमा लगायतका खबर छन् ।
नागरिक दैनिकमा राहत रकम बैंकबाट जस्तापाता मूल्य अनुगमन गर्न टोली, पहिरोको जोखिममा दर्जन सडक, दुई घण्टा पनि टिकेन नयाँ इन्धन मूल्य, भूकम्पले फूलखेती चौपट, सेयर बजार उकालो लाग्यो, बुढीगण्डकी प्रभावितलाई पुनर्वास लगायतका खबर छन् ।
आर्थिक अभियानमा आगामी बजेटमा भ्याटको थ्रेसहोल्ड बढाउने तयारी, उडान गन्तब्य विस्तार गर्दै नेपाल एयरलाइन्स, कामदारले निःशुल्क टिकट सुविधा पाएनन्, शेयरबजारमा भूकम्पको प्रभाव, फिरफिरेमा २५ परिवारलाई जस्तापाता, मुनाफा सुरक्षित गर्दै केही लगानीकर्ता लगायतका खबर छन् ।
सम्बन्धि समाचार :






0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news