धार्मिक पर्यटन विकासका लागि दक्षिणमा धाम निर्माण
विमल धामी, जेठ १९ बेलडाँडी-
सुदूरपश्चिमेलीहरुको धार्मिक संस्कारको संरक्षणका साथै धार्मिक पर्यटन विकासका लागि दक्षिणी क्षेत्रमा धाम निर्माण गरिएको छ । धार्मिक पर्यटन विकासका लागि भन्दै बेल्डाँडीमा खप्प्रेशवर मन्दिर निर्माण गरिएको हो ।
स्थानियहरुले चन्दा संकलन गरेर सो मन्दिर निर्माण गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर सिहले दक्षिणी क्षेत्रमा धार्मिक तथा पर्यापर्यटकिय स्थल निर्माण गर्ने उदेश्यले गत वर्ष मन्दिर निर्माण गरिएको बताउनुभयो ।
उहाँका अनुसार १८ लाख लागतमा निर्माण गरिएको सो मन्दिरलाई धामकै रुपमा विकसित गराउने कार्यक्रम रहेको छ । हालका लागि मन्दिरकै रुपमा विकसित गराएपनि निकट भविश्यममा धामकै रुपमा स्थापित गरिने छ । स्थानियहरुको सहयोगबाट सो मन्दिर निर्माण गरिएको सिहको भनाई छ । मन्दिर निर्माण भएसंगै सुदूरपश्चिमेलीहरुको आस्थाको केन्द्रका साथै धार्मिक पर्यटकिय क्षेत्रको समेत प्रबद्र्धन भएको अध्यक्ष सिहको दावि छ ।
भविश्यमा बृद्धाश्रम, पिकनिक स्पोर्ट, विद्यापिठ, शुभ कार्य कर्मकुण्डलीका साथै विभिन्न पुजा आराधाना गर्ने योजना रहेको सिहले बताए । ‘हाल पुजापाठ मात्रै हुन्छ ।’, उनले भने । ‘समाजको सहयोग र सदभावले मन्दिरले समाजिक क्षेत्रका काम समेत गर्ने छ ।’ मन्दिर व्यवस्थापन समितिका संस्थापक सदस्य हर्कराज जोशीले मन्दिर निर्माण भएसंगै यस क्षेत्रको धार्मिक आस्था बढेको बताए । राज्यले दक्षिणी क्षेत्रमा रहेका धार्मिक पर्यटकिय स्थलहरुको सूचिकृत समेत नगरेकाले सुपको धार्मिक आस्थालाई सूचिकृत गर्नुपर्नेमा जोडदिनुभयो ।
सुपको लोक संस्कृति संस्कार संरक्षण गर्न अति आवश्यक भएकाले मन्दिरले सबैलाई आ–आफ्नो धार्मिक संस्कारबारे पाठ सिकाएको समेत उहाँले बताउनुभयो । दक्षिणी क्षेत्रका समाजसेवि दिर्घ बहादुर शाहले दक्षिणी क्षेत्रमा सुदूरपश्चिमेलीहरुको बसोबास रहेको क्षेत्र भएको बताउदै धार्मिक पर्यटकिय स्थलहरु निर्माण भएसंगै यस क्षेत्रको गौरब बढाएको बताए । नेपालको धार्मिक क्षेत्रको विकासका लागि राज्यस्तरबाट समेत पहल हुनुपर्नेमा उहाँले जोडदिनुभयो ।
धार्मिक पर्यटकिय स्थल निर्माण संगै यसको संरक्षणका साथै सम्बद्र्धन समेत मुख्य विषय रहेको उनको भनाई छ । स्थानिय स्तरका साथै राज्यस्तरबाट समेत दक्षिणी क्षेत्रका पर्यापयटकिय स्तलहरुको प्रचार प्रसार हुनुपर्ने उनको सुझाव छ । प्रचार प्रसारको अभावका कारण दक्षिणी क्षेत्रका ऐतिहासिक धार्मिक पर्यटकिय स्थलहरुको समेत सदुपयोग हुन नसकेको उनको चिन्ता छ ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news