पुनरावेदन अदालत राजविराजले १५ दिन भित्र जबाफ पेश गर्न आदेश जारी

मेचीकाली, जेठ २२ ओखलढुंगा
अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै ओखलढुंगाका प्रजिअ गणेशप्रसाद भट्टराईलाई पुनरावेदन अदालत राजविराजले १५ दिन भित्र जबाफ पेश गर्न आदेश जारी गरेको छ ।  

माननिय न्यायधिश उमेशराज पौडेलको इजलासबाट बैषाख २३ गते जारी गरेको उत्प्रेषण लगायत निषेधाज्ञायुक्त परमादेशको कायन्वयन नगरेपछि प्रजिअ भट्टाराईलाई असल शासन जिल्ला समन्वय समितिका अध्यक्ष दिर्ग खत्रीले विपक्षहरुसँगको मिलोमतो र आर्थिक प्रलोभनका कारण अदालतको अवहेलान भएको भन्दै मुद्धा दर्ता गरेका थिए ।

संस्थाको विधान विपरित समचार प्रसारण गरेको प्रतिशोध राखेर प्रजिअ भट्टराईले संस्थालाई १० लाख भन्दा बढिको क्षेति पु¥याएको भन्दै गैरकानुनी तवारबाट हर्कत गरि गरिएको क्षतिपुर्ति समेत माग गरि खत्रीले पुनरावेदन अदालत राजविराजमा प्रजिअ भट्टराई लगायत ९ जना विरुद्ध मुद्धा दर्ता गरेका थिए ।
   
पुनरावेदन अदालत राजविराजले बैषाख २३ गते संस्थाको विधान विपरित समितिका अध्यक्ष हटाउन गरेको २०७१ चैत्र १५ गतेको निर्णय मुद्धाको अन्तिम टुङ्गो नलागेसम्म कार्यन्वन नगर्न नगराउन र अध्यक्ष खत्रीलाई कामकाज गर्न बाधा आरोध नगर्न नगराउन उत्प्रेषण लगायत निषेधाज्ञायुक्त परमादेश अन्तरिम आदेश जारी गरेको थियो ।
   
प्रतिशोधमा उत्रेका प्रजिअ भट्टाराईले झुट्टा मुद्धा लगाउने, शक्तिको दुरुपयोग गरी विभिन्न व्यक्तिलाई रमाइलो सामुदायिक रेडियोमा गैरकानुनी तवरले हर्कत गरि तालाचावी तोड्न उकास्ने, कागजपत्र अदलबदल गर्न सहयोग गर्ने, भौतिक आक्रमण गर्न लगाउने लगायतका कृयाकलाप सञ्चालन गर्दै आएका छन । भने उनको आडमा संस्थाको सम्पति हिनामिना गर्ने, कार्यरत कर्मचारीहरुलाई विस्थापन गर्ने, धम्काउने लगायतका कृयाकलाप सञ्चालन गरेपछि रेडियोमा कार्यरत ७ जना कर्मचारी र अध्यक्ष दिर्ग खत्री विस्थापित भएका छन ।

प्रजिअ भट्टाराईको गैरकानुनी हर्कतको नागरिक समाजका प्रतिनिधिहरुले आलोचना गरिरहेका छन । सोलार कम्पनीको मिलोमतोमा रेडियोमा जडान भएको सोलार झिक्न लगाई प्रजिअ भट्टाराईले २ वटा ५२ हजार बराबरको व्याट्रि कम्पनीबाट लिई जिल्ला प्रशासन कार्यालयमा लगेको तथ्य फेला परेपछि रेडियोले सोलार आतंकको समचार प्रसारण गरेको थिए । समचारको प्रतिशोध स्वरुप उनले संस्थाका उपाध्यक्ष सानुमैया भुजेललाई अध्यक्ष हटाउन निर्देशन गरेपछि केही पदाधिकारीले विधान विरित त्यस्तो निर्णय गरेको बताएका छन । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news