२८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

जेठ २१ बाजुरा-
जिल्लाको मष्टेश्वरी निमावि चौराटाको २८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार  सम्पन्न भएको छ । बडिमालिका नगरपालिका १२ स्थित रहेको उक्त विद्यालयले आफ्नो २८ वर्ष पार गरेको अवसरमा दिवस मनाएको हो । 

'समावेशी एवं बालमैत्री शिक्षा हाम्रो पतिवद्धता , विश्व परिवेश मैत्री शिक्षामा हाम्रो एक्येवद्धता' भन्ने नाराका साथ वार्षिक उत्सव तथा अविभावक दिवस सञ्चालन गरिएको हो । विव्यस अध्यक्ष दिलबहादुर विष्टको अध्यक्षतमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य लालबहादुर थापा रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काँग्रेस सेति अञ्चल समिति सदस्य रामसिंह रावल, एमाले नेता विनोद कुमार विक विशिष्ट अतिथि रहनु भएको थियो । शिक्षक दलबहादुर विष्टले सञ्चालन गर्नु भएको कार्यक्रमको स्वागत मन्तव्य टेकबहादुर विष्टले गर्नु भएको थियो । कार्यक्रममा प्रअ भक्त बहादुर विष्टले विद्यालयको बार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा बोःने बक्ताहरुले शिक्षा विकासमा शिक्षक एक्लैले मात्र लागेर नहुने भएकोले अभिभावकदेखि अन्य सरोकारवाला निकायले समेत साथ सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा सामुहित एकता र सहकार्य आवश्यक हरेको छ । 

कार्यक्रममा काँग्रेस सेति अञ्चल सदस्य रामसिंह रावल, एमाले नेता विनोद कुमार विक, नेकपा माओवादी सूर्य चदारा लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य दिएका थिए । विद्यालयले बार्षिक उत्सवका अवसरमा शिक्षा कार्यालयले हालसम्म कुनै सहयोग नगरेको प्रतिवेदनमा देखाइएको छ । 

विद्यालयले शिक्षा विकासमा पीसविनले गरेको सहयोगको प्रशसा गरेको छ । २ जना दरबन्दी रहेको विद्यालय हाल स्थानीयको सक्रियतामा नीजि श्रोतको परिचालन गर्दै सञ्चालन भईरहेको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news