सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो
![]() |
| फाइल फोटो |
असार ४ काठमाडाैं-
अघिल्लो वर्ष भीषण पहिरोले १ सय ४५ जनाको ज्यान लिएको सिन्धुपाल्चोकको जुरेमा फेरि पहिरो गएको छ । प्रहरीका अनुसार लामोसाँघु-बाह्रबिसे सडकखण्डमा पर्ने माङखा -१ जुरेमा फेरि पहिरो गएपछि शुक्रबार बिहानबाट सडक अवरुद्ध भएको छ ।
गत वर्ष साउन १६ गते राति जुरेमा पहिरो जाँदा १ सय ४५ जनाको मृत्यु भएको थियो भने १ हजार १ सयभन्दा बढी बिस्थापित भएका थिए। त्यतिबेला पहिरोले सुनकोसी नदी थुनेर ताल बनाएको थियो । र्इ-नेपालीखबरबाट







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news