राहत वितरण गर्न डोटीको टोली काठमाण्डुमा

गीता कुवर, जेठ ३२  डोटी- 
भूकम्प पीडितहरूका लागि डोटेली कृषकहरूले संकलन गरेको खाद्यान्न बितरणका लागि राहत वितरण टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ । 

जिल्ला कृषि विकास कार्यालय डोटीको अगुवाईमा जिल्लाका विभिन्न भेगमा संकलित राहत प्रभावित क्षेत्रमै पुगि वितरण गर्न एक टोली खाद्यान्न सहित प्रभावित क्षेत्र तर्फ प्रस्थान गरेको हो । 

जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा नेपाल रेडक्रस सोसाईटी, कृषि पत्रकार समूह, नेपाल पत्रकार महासंघ, गैरसरकारी सँस्था महासंघ, कृषक प्रतिनिधी र सहकारी प्रतिनिधी एक/एक जना गरी ७ जना टोलीको टोली काठमाण्डौ तर्फ प्रस्थान गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।यसभन्दा पहिले डोटीबाटै विभिन्न निकायहरु बाट संकलित ३३ लाखभन्दा बढी नगद राहत रकम पिडितहरुका लागि पठाईसकिएको छ ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news