‘पत्रकारलाई जवर्जस्ती काममा लगाउने कार्य बन्द गर’
जेठ ३२ काठमाडाैं-
भूकम्प पीडित पत्रकार र सञ्चारमाध्यमलाई राहत, पुनस्थापना र पुनर्निर्माणका लागी नेपाल पत्रकार महासंघले अभियान चलाउने भएको छ । सिन्धुपाल्चोकको चौतारामा बसेको केन्द्रीय समितिको पाँचौं पूर्ण वैठकबाट यसको कार्ययोजना समेत वनाएको छ ।
भूकम्प पीडित पत्रकारका लागि राहत र पुनस्थापना, उपकरणमा सहुलियतका साथै ध्वस्त भएका सञ्चारमाध्यमलाई राहत र पुननिर्माणका लागि पनि पहल गर्ने जनाएको छ । साथै श्रमजीवी पत्रकारको अधिकार प्राप्तिको लागी अभियान सञ्चालन गर्ने वताएको छ ।
भूकम्पको बहानामा आमनवीय ढंगले पत्रकार निस्कासन गर्ने, पारिश्रमिक रोक्का गर्ने, दरवन्दी कटौती गर्ने, असुरक्षित र अत्यन्तै जोखिमपूर्ण कार्यस्थलमा जवर्जस्ती काममा लगाउने जस्ता कार्य नगर्न सचेत समेत गराएको छ । वैठकले सञ्चारमाध्यमबाट भूकम्प पीडितको राहतका लागि संकलन गरेको सहयोग पारदर्शी बनाउन र कुनै प्रश्न उठेमा आफै अग्रसरता लिई अधिकार प्राप्त निकायबाट छानवीन गराएर विवरण सार्वजनिक गर्न समेत आह्वान गरेको छ ।
महासंघले भूकम्प पीडित पत्रकार र सञ्चारमाध्यमलाई राहत तथा पुनर्निर्माण सम्बन्धी कामको लागि उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा ७ सदस्यीय संयन्त्र पनि बनाएको छ । महासंघले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल पुनरावलोकन गर्न र त्यसो गर्दा राष्ट्रिय तहका सञ्चारमाध्यमका श्रमजीवी पत्रकारको मासिक न्यूनतम पारिश्रमिक कम्तीमा २० हजार रूपिया पु¥याउन पनि माग गरेको छ ।
सरकारको आर्थिक वर्ष सकिन लाग्दासमेत पत्रकारको दुर्घटना बिमा र द्वन्द्व पीडित पत्रकार कल्याण कोषको कार्यान्वयन एवं आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनामा आलटाल गरेकोमा आक्रोस व्यक्त गरेको छ ।नेप्लिबाट







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news