बनमा आगो लगाउनेलाई प्रहरीको जिम्मा

पुजा शाही,  जेठ ३२  अछाम-
अछामको मंगलसेन नगरपालीकाको एक सामुदायीक बनमा आगो लगाउने एक जनालाई स्थानीय महीलाहरुले समातेर प्रहरीको जिम्मा लगाएका छन । 

आइतबार दीउँसो मंगलसेन नगरपालीका वडा नम्बर ३ स्थीत मेलपानी बदेल लाग्ने गडा सामुदायीक बनमा आगो लगाउने एक जना अपरीचीत व्यक्तलाई स्थानीय महीलाहरुको समुहले समातेर प्रहरीको जिम्मा लगाएको हो ।

सामुदायीक बनका सदस्य दुर्गा बोगटीको नेतृत्वमा गएको १२ जना महिलाहरुको समूहले उनलाई नीयन्त्रणमा लीई जिल्ला बन कार्यालय अन्र्तगत मंगलसेन रेञ्ज पोष्टका रेञ्जर बिकास शर्माको रोहबरमा प्रहरीको जिम्मा लगाइएको छ । पक्राउ परेका ती ब्यक्तीले आगो लगाउन अरु मानिसहरुको पनि संलग्नता रहेको बताएका छन ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news