गुगलले ल्याउँदैछ एन्ड्रोइड एम

मेचीकाली २१ काठमाडाैं-
इन्टरनेट जाएन्ट गुगलले आफ्नो बहुचर्चित स्मार्टफोन अपरेटिङ सिस्टम एन्ड्रोइडको नयाँ भर्सन छिटै बजारमा ल्याउने भएको छ ।
समाचार अनुसार गुगलले छिटै एन्ड्रोइड एम बजारमा ल्याउँदैछ । हाल प्रचलनमा रहेका सबै अपरेटिङ सिस्टम भन्दा फरक ढंगको अपरेटिङ सिस्टमको स्वाद एन्ड्रोइड एम ले दिलाउने दाबी गुगलको छ ।

गुगलको एन्ड्रोइड एममा एन्ड्रोइडका अघिल्ला संस्करणहरुमा भन्दा अत्याधुनिक र उपयोगी फिचर्सहरु रहने बताइएको छ । एन्ड्रोइड एमको माध्यमबाट अनलाइन किनमेलका लागि पैसा भुक्तान गर्न सकिने बताइएको छ । अमेरिकामा अहिले पनि कैयन् पसलहरुमा एन्ड्रोइड पे सिस्टम लागु रहेको अवस्था छ । गुगललको नयाँ अपरेटिङ सिस्टमपछि विश्वका अन्य देशमा पनि यो प्रणाली लोकपि्रय हुने विश्वास गरिएको छ ।

यो नयाँ अपरेटिङ सिस्टममा यस्तो फिचर रहेको छ जसको माध्यमबाट औँठाछापबाटै गुगलले तपाइँको परिचय बताइदिनेछ । एन्ड्रोइड एम मा फोन प्रयोग नभइरहेको अवस्थामा मोबाइलको ब्याट्री बचत गर्ने फिचर समेत राखिने बताइउको छ ।onlinekhabar बाट

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news