भरतपुर अस्पतालमा अनौठो बच्चा जन्मियो

सञ्जय चौधरी,जेठ  २१ चितवन-
चितवनको भरतपुर अस्पतालमा अनौठो स्वरुप भएको बच्चा जन्मिएको छ । मंगलवार राति ९ बजेर ५० मिनेट जादा रत्ननगरको मालपुरकी बबिता मुसहरले जन्माएको बच्चा रोबोट जस्तो छ । 

अनौठो बच्चा जन्मिएपछि अहिले अस्पताल परिसरमा हेर्नेको भीड लागेको छ । आँखा नभएको बच्चाको दाँत देखिन्छ । बच्चाको शरिर कडा र हात खुट्टा बाँङ्गिएको छ । नौलो प्रकृतिको बच्चा जन्मिएपछि यहाँ विशेषज्ञ चिकित्कसहरु अनुसन्धानमा लागेका छन् । 

असामान्य किसिमका बच्चाहरु बेला–बेलामा जन्मने भएपनि यस्तो किसिमको बच्चा भने पहिलोपटक जन्मिएको भरतपुर अस्पतालका स्त्री तथा प्रसुती विभाग प्रमुख डा. सुनिलमणी पोखरेलले बताउनुभयो । डा. पोखरेलले गर्भवती महिलाले प्रयोग गर्ने औषधीका कारण पनि यस्तो समस्या देखिनसक्ने बताउनुभयो ।

 झट्ट हेर्दा रोबोट जस्तो देखिने बच्चा जन्मिएपछि भरतपुर अस्पतालको स्त्री तथा प्रसुती वार्डमा हेर्नेको भीड लागेको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news