दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पूरा

जेठ १९ काठमाडाैं-
नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते राति नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका सबै सदस्य एकै स्थानमा मारिएका थिए । 

राजपरिवारका सदस्यहरुको पारिवारिक भेला भएका बेला भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको मृत्यु भएको थियो । 

घटनापछि तत्कालीन सरकारले गठन गरेको छानबिन समितिले तयार पारेको प्रतिवेदनले घटना तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो । दरबार हत्याकाण्डपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहको शासनकाल सुरु भएको थियो । 

जनआन्दोलन २०६२ र ६३ को सफलतासँगै ज्ञानेन्द्रको शासन पतन भयो र नेपालबाट राजसंस्थाकै अन्त्य हुन पुग्यो । हत्याकाण्ड भएको नारायणटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ । घटनाको १४ वर्ष वित्दासम्म पनि हत्याकाण्डको तथ्य बाहिर आउन सकेको छैन ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news