यूुनिभर्सिटी र एमएनआर यूनाईटेड फाईनलमा

मिलनप्रकाश ढुङ्गाल, जेठ १४ महेन्द्रनगर- 
फारवेस्टर्न यूुनिभर्सिटी र एमएनआर यूनाईटेड कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी एच. सि. ए. प्रथम डे–नाईट टि–२० क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । 

गयराति सम्पन्न पहिलो सेमिफाईनल खेलमा श्रीकेदार–११ लाई १५ रनले पराजित गर्दै एमएनआर यूनाईटेडले फाईनलमा स्थान सुरक्षित गरेको हो ।

१५ ओभरको सेमिफाईनल खेलमा टस जितेर पहिले व्याटिङ् गरेको एमएनआर यूनाईटेडले १४.४ ओभरमा अलआउट हुदै १ सय ५ रनको योगफल तयार पारेको थियो । उसका लागि विनोद क्षेत्रीले २१ र निरज चन्दले १४ रनको योगदान गरेका थिए । अन्य व्याट्स् म्यानहरुले भने सम्झनलायक प्रदर्शन गर्न सकेन्न् । एमएनआर यूनाईटेडको व्याटिङलाईन ध्वस्त पार्ने क्रममा श्रीकेदारका दिनेश आग्री र विधानले समान ३–३ विकेट लिएका थिए । 

 १ सय ६ रनको लक्ष्य पछ्याउदै जवाफी व्याटिङ्मा उत्रेको श्रीकेदार–११ निर्धारित १५ ओभरमा ७ विकेट गुमाउदै मात्र ९० रनमा समेटियो । श्रीकेदारका लागि अरुण ऐरीले २४ र दिनेश आग्रीले १८ रन जोड्नु वाहेक अन्य व्याट्स्म्यानहरु क्रिजमा लामो समय टिक्न सकेनन् ।  श्रीकेदारलाई सस्तैमा समेट्ने क्रममा एमएनआर यूनाईटेडका राजेन्द्र चन्दले ३ र डी पुजाराले २ विकेट लिएका थिए । ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएका एमएनआर युनाईटेडका राजेन्द्र चन्द म्यान अफ द म्याच घोषित भए । 

यस्तै गयराती नै सम्पन्न प्रतियोगिताको दोश्रो सेमीफाईनल खेलमा एमएनआर युनिटीलाई २ विकेटले पाखा लगाउदै फारवेस्टर्न युनिभर्सिटीले फाईनल यात्रा तय गरेको छ । टस जितेर पहिले व्याटिङ् रोज्ने निर्णय गरेको एमएनआर युनिटीले निर्धारित १५ ओभरमा ८ विकेटको क्षतिमा ९७ रनको समान्य योगफल बनाएको थियो । युनिटीका लागि कप्तान प्रेम चन्द र योगेन्द्र कार्कीले समान ३२–३२ रन जोडेका थिए । अन्य ब्याट्स्म्यानको प्रदर्शन खराब रह्यो । युनिटीलाई सस्तैमा समेट्ने क्रममा यूुनिभर्सिटीका सागर भण्डारीले उत्कृष्ट बलिङ् गर्दै ३ विकेट तथा किरन ठगुन्ना र विनोद भट्टले समान २–२ विकेट झट्काए । 

९८ रनको समान्य लक्ष्य पाएको यूुनिभर्सिटीले जितका लागि भने अन्तिम २ बल अघिसम्म कडा सघर्ष गर्नु प¥यो  । १४.३ ओभरमा ८ विकेट गुमाएर यूुनिभर्सिटीले लक्ष्य भेट्टाएको थियो । यूुनिभर्सिटीका लागि सागर भण्डारीले २० रन र महेशले १६ रनको योगदान गरेका थिए । एमएनआर युनिटीका योगेन्द्र कार्कीले ३ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर सर्वाधिक चार विकेट लिएका थिए ।

ब्याटिङ् र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका यूुनिभर्सिटीका सागर भण्डारी म्यान अफ द म्याच घोषित भएका थिए ।  फारवेस्टर्न यूुनिभर्सिटी र एमएनआर यूनाईटेडबिचको फाईनल खेल भोली हुने आयोजक हिमालय क्रिकेट एकेडेमीले जनाएको छ । 

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news