हाम्री आमा कसरी वेश्या भईन् ?
देवकी विष्ट-
सिके राउतलाई म मेरा शव्द धेरै वर्वाद पार्न चहान्न । सिके राउत जसरी
मुख छाडेर बोल्न पनि चहादीन किन भने म मेरो शव्द राम्रो स्थानमा प्रयोग
गर्न चहान्छु ।
च्याउ जस्तै उम्रेका अनलाईन पत्रिकाहरुले किन स्थान दिन्छन्
होलान् । सधै संचार माध्यमले आफ्नो नामको लागि मात्र होइन व्यवसायीक पनि
हुनुपर्छ । तपाईहरुलाई थाहा नै छ । अहिलेको अवस्था हिंसा भड्काउने होइन ।
हिंसा व्यवस्थापन गर्न पनि जान्नु पर्छ । सिके राउत र सरिता गिरी जस्ता
छेपारोहरुलाई संचार माध्यममा आउनलाई एक न एक काण्ड मच्चाई रहनु पर्छ ।
सोध्न चहान्छौ सिके राउतलाई मधेश र पहाड छुट्याउने हैसियत कसले दियो ?
तराईको छातीमा बसेर गर्जीने हक सिकेको सहास कहाँबाट आयो ? तराई होस् वा
पहाडी महिला नेपाली हुन् । कहिले नेपाली आमालाई रण्डी भन्ने कहिले पहाडी
महिलालाई वेश्या भन्ने । ति महिला कसरी वेश्या भए ? नेपाली आमा कसरी रण्डी
भईन् ? जसलाई रण्डी र वेश्याको सम्वोधन सिके राउतले गरे ।
उसैको कोखबाट
हुर्केर अहिले सिके राउत यो अवस्थामा पुगेको हो । यसकै कोखमा हुर्केको सिके
राउतलाई अब समयले के सम्वोधन गर्छ । त्यो समयले नै बताउछ । सोध्न चहान्छु ।
वेश्यासँग सुत्ने पुरुष चाही को हो ? के हो ? नेपाली आमा रण्डी हुन् भन्ने
सिके राउत तिम्री आमा चाही को हुन् ? रण्डीबाट जन्म लिएका सबै नेपाली को
हुन् ? ति रण्डी र वेश्यासँग सुत्ने तिम्रो वुवा अर्थात पुरुष को हुन् ?
प्रश्न सोध्ने बेला आयो ।
वेश्या भन्नेहरु तिनीहरुलाई वेश्या बनाउने
को हो ? बुझ्न सक्छौ ? तिमी जस्तै सोच भएका व्यक्तीको अयासीमा जन्मेका ति
लालावाला हुर्काउन पनि उनीहरु वेश्या बनिरहेका छन् । आफ्नो शरिर बेचेर
उनीह्रु प्रत्येक दिन सिके राउत जस्ता भावना भएकाहरुबाट सिकार भईरहेका छन् ।
अरु केही भन्दीन । साँच्चै वेश्याको अर्थ बुझ्न चहान्छौ भने एक छिन आफ्नो
आमालाई बुझ ।
सबै प्रश्वको जवाफ मिल्छ । आफ्नो श्रीमती र सन्तानको सम्मान
गर्न नसक्ने सिके राउत के नेपाली आमाको सम्मान गर्न सकौला ? आफ्नो
परिवारलाई इज्जत दिन नसकन्ले के नेपालीको अस्मीताको सुरक्षा गर्ला ? किन
बुझ्दैनौ हामी नेपाली ? जसलाई तपाई साथ दिनु हुन्छ पहिला बुझ्नुस को हो ?
के हो ? अनि त्यसको पछि लागेर नारा लगाउनुस् ।
इतिहास साछी छ । प्रत्येक नेपाली कत्तीको स्वाभीमानी छ भनेर । नेपालीको
स्वाभीमानमा केही आँच आएमा के हुन्छ ? इतिहास पढेर बोल । अहिले देश
विपत्तीको अवस्थाबाट गुज्रीरहेको बेला धेरै न बोले हुन्छ । ध्यूमा आगो
थप्ने काम नगर । पहाड फुटेको बेला तराईले छाती थापेको छ । तराई रुझेको
बेला पहाडले पुछेको कुरा सिके राउतलाई थाहा छ ?
यदी सिके राउत
साच्चै देश भक्ती हो भने विपत्तीमा परेको बेला रण्डी, वेश्या भनेर स्यालको
दुलोबाट कराउनु पर्दैन । वुद्धी भएर वैज्ञानिकको नाम धारण गरेको हो र
युवा इन्जिनियर पुरुस्कार, महेन्द्र विद्या भुषण, कुलरत्न गोल्ड मेडल
लगायतका पुरुस्कार पाएको हो भने देखाउ तिम्रो क्षमता र विपत्तीमा परेको
देशमा मल्हम लगाउने काम गर । चोट पुर्याउने काम नगर । म पनि तराईवासी हो ।
प्रकृतिले न तराई हेर्छ न पहाड हेर्छ । न धनी हेर्छ न गरिव । न वैज्ञानिक
हेर्छ त मूर्ख । न मधेशी हेर्छ न पहाडीया । अहिले देश टुक्राउने र गाली
गलौज गर्ने वेला होइन । विद्धान भनेर विद्धवत्त प्राप्त गर्नेको नाममा कलकं
नबनुस् ।







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news