दुइ सरकारी कर्मचारी नदीमा बेपत्ता

कृष्ण आचार्य, जेठ ११ सुर्खेत-
भेरी नदीमा पौडी खेल्ने क्रममा सोमबार दुइ जना सरकारी कर्मचारी बेपत्ता भएका छन् । कुनाथरी १ चेपाङ नजीक भेरी नदीमा पौडी खेल्ने क्रममा  आज दिउसो करीब १ बजे दुइ जना बेपत्ता भएका हुन् । 

बेपत्ता हुनेहरुमा जिल्ला पशु सेवा कार्यालय सुर्खेतमा कार्यरत सहायक लेखापाल बृख बहादुर मल्ल र पशु चिकीत्सक चित्र बहादुर चन्द रहेको प्रहरीले जनाएको छ । 

उनिहरु बाढीपीडीत परीवारको लागी निशुल्क शिबीर सचालन गर्न उक्त ठांउमा गएका थिए । उनिहरुको अहीले खोजि भैरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news