शैक्षिक सस्था खुलेपनि बिद्यार्थीको उपस्थिती कम,पठनपाठनमा समस्या

कृष्ण बिसी, जेठ ११ नवलपरासी-
आईतबार देखी नवलपरासीका शैक्षिक सस्थाहरु खुलेपनि बिद्यार्थीको उपस्थितीमा भने कमि देखिएको छ । 
१९ बटा पुर्णरुपमा क्षति भएका बिद्यालयमा पाल र टेन्टमा राखि अध्ययन गराईरहेको जानकारी गराउदै जिल्ला शिक्षा कार्यलयले अन्य सामान्य क्षति भएका बिद्यालयमा पनि बिद्यार्थीको उपस्थिती कम देखिएको जनाएको हो । 

पराकम्पन नघटेका कारण बिद्यार्थी र अभिभावका त्रास रहेकाले उपस्थिती सख्यामा कमी आएको सहयाक जिल्ला शिक्षा अधिकारी नगेन्द« प्रसाद रेग्मीले जानकारी दिनुभयो । 

बिद्यार्थी सख्या कम हुदा पुर्णरुपमा पठनपाठनमा समस्या भएको रेग्मीले बताउनुभयो । त्यस्तै निजी बिद्यालयहरुमा पनि बिद्यार्थीहरुको सहभागिता कम रहेको जिसनका अध्यक्ष ईन्द« गुरुङले जानकारी दिनुभयो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news