पूर्व न्यायाधीश भरतराज उप्रेतीद्धारा आत्महत्या

जेठ ११ काठमाडाैं-
सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गर्नुभएको छ । ६३ वर्षीया उप्रेती ज्ञानेश्वरस्थित आफ्नै निवासको बैठक कक्षमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उहाँले त्यसलाई इच्छा मृत्यु भन्नु भएको छ । 

सोमबार  बिहान साढे ३ बजे झुन्डिएको अवस्थामा उहाँको शव भेटिएको पारिवारिक स्रोतले जनाएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम कार्कीले उप्रेतीको मृत्यु सम्बन्धमा छानवीन भइरहेको बताउनुभयो । 

उप्रेतीको खल्तीमा भेटिएको नोटमा इच्छा मरण भनि लेखिएको छ ।  तउहाँले आफ्नो काजकिरिया नगर्न र काज क्रिया वापतकोे ५ लाख राहत कोषमा जम्मा आग्रह गर्नुभएको छ । न्यायक्षेत्रमा चर्चित र विवादरहित न्यायधीशका रुपमा परिचित उप्रेती सर्वोच्चको अस्थायी न्यायाधीशबाटै अवकापाउनुभएको थियो ।

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news