युवा उद्यमी निर्माण चौधरीले गरे दोस्रो बिहे
जेठ १३ काठमाडाैं-
१६ करोड रूपैयाँ दिएर पहिलो श्रीमतीसँग डिभोर्स गरेका युवा उद्यमी निर्माण चौधरीले दोस्रो बिहे गरेका छन् । उनी विनोद चौधरीका जेठा छोरा हुन् ।
निर्माणले ३१ वैशाखमा भारतको एक धार्मिक स्थलमा अश्वेता कार्कीसँग बिहे गरेका हुन् । पार्टी प्यालेसमा बिहे गरे हल्लाखल्ला बढी हुने भएकाले धार्मिकस्थलमा बिहे गरिएको चौधरीको पारिवारिक स्रोतले जनाएको छ । निर्माण चौधरी चौधरी ग्रुपमा प्रबन्ध निर्देशक छन् ।
चौधरी परिवारले निर्माणको दोस्रो बिहेलाई अत्यन्तै गुपचुप राख्न चाहेको छ । निमार्णले आफ्नो बिहेबारे कतै खबर दिएका छैनन् । यतिसम्मकी उनले फेसबुकमा समेत पत्नीसतिको तस्बिर पोष्ट गरेका छैनन् ।
यसअघि भारतीय मुलकी युवतीसँग बिहे गर्दा निर्माणको बिहेको नेपाली तथा भारतीय सञ्चारमाध्यममा चर्चा भएको थियो । तर, त्यो बिहे दीर्घकालीन हुन सकेन । निर्माणले १६ करोड रूपैयाँ तिरेर पहिलो पत्नीसँग डिभोर्स गरे ।
यसअघि भारतीय मुलका युवतीलाई बुहारी बनाउने चौधरी घरानाले यसपटक भने नेपाली युवतीलाई बिहे गर्न निर्माणलाई अनुमति दिएको थियो । चौधरी परिवारका एक सदस्यका अनुसार निर्माणको पहिलो बिहे घरपरिवारको इच्छामा भएको थियो ।
विवाहित निर्माणको अश्वेतासँग प्रेम झांगिएपछि उनिहरूको दाम्पत्य जीवनमा खटपट भएको थियो । जुन खटपटले डिभोर्स समेत गरायो । परिवारको इच्छामा गरिएको बिहे असफल भएपछि चौधरी परिवारले नेपाली युवती अश्वेतालाई बिहे गर्न निर्माणलाई अनुमति दिएको थियो । निर्माण र अश्वेताको विहेमा घर र माइतीतिरका आफन्त मात्रै सहभागी भएको स्रोतले बतायो ।nepalese News







0 facebook
यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्
Thank you for the comments on this news