शैलेश्वरी युवा क्लवलाई २ का विरुद्ध ४ गोलको अन्तरले पराजित गरी एसपीए उपाधीमा

शेर बहादुर एैर, जेठ १२ धनगडी-
धनगढीको मोहना मैदानमा भइरहेको क्लवस्तरीय सद्भावना कप फुटवल प्रतियोगीताको उपाधी एसपीएको टीमले जितेको छ । शैलेश्वरी युवा क्लवलाई २ का विरुद्ध ४ गोलको अन्तरले पराजित गरी एसपीएले उपाधी जितेका हो । 

मंगलवार भएको फइनल खेलमा एसपीएकातर्फवाट अविेशेक बिष्ट, राम ओखडा, आषिश गौतम र सुरज चन्दले एक एक गोल गरेका थिए । ८औं गणतन्त्र दिवसको उपलक्ष्यमा विशालनगर फुटवल क्लव धनगढीको आयोजनामा संचालन भएको उक्त प्रतियोगीतामा कैलाली–कञ्चनपुरका १० टीमको सहभागीता रहेको थियो । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी ऐरले एक कार्यक्रमकावीच मंगलवार उपाधि विजेता र उपविजेता टीमलाई पुरुस्कार वितरण गर्दै उक्त खेलकूद प्रतियोगीताको माध्यमवाट स्थानीय युवालाई कुलतवाट बचाउन तथा विगतमा संघियताको आन्दोलनताका स्थानीय राना थारु र पहाडीयावीचको मनमोटावलाई सद्भावमा बदल्न सहयोग गरेको बताउनुभयो । 

नकआउटका अधारमा खेलाइएको उक्त प्रतियोगीतामा प्रथम हुने टीमलाई ८ किलोको भाले र दोस्रोलाई ४ किलोको बेइलरसहितको सम्मान दिइएको थियो ।

,

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news