एमाओवादी नेता तथा कार्यकर्ताहरु विद्यालय बनाउन व्यस्त

राजेन्द्र न्यौपाने, जेठ १३ गोर्खा-
गोरखा र जिल्ला बाहिरबाट आएका एकीकृत नेकपा (माओवादी)का नेता तथा कार्यकर्ताहरु यतिबेला गोरखा जिल्ला भित्र रहेको भत्केका विद्यालयहरु निर्माणमा जुटेका छन् । हप्ता दिन देखि सुरु भएको अभियान जारी रहेको एकीकृत नेकपा (माओवादी ) गोरखा जिल्ला संयोजक अमर तमुले बताए ।

यसैवीच जिल्लाको ताकुकोट स्थित माईकोट मा.वि  सुर्यज्योति उच्च मा.वि., अन्तरज्योति मा.वि., नवज्योति प्रा.वि., देउराली प्रा.वि लगायतका विद्यालय भवनहरुका जीर्ण रुप भत्काउने र नया बनाउने काम सम्पन्न भएको एकीकृत  नेकपा (माओवादी) का नेता अकुर तिमिल्सनाले जानकारी दिए ।

पचास जनाको समूहमा रहेका सो पार्टीका कार्यकर्ताहरुले जिल्लाको नामजुङ, बक्राङ, ताक्लुङ, खोप्लाङ, मिरकोट, पालुङटार नगरपालिका, गोरखा नगरपालिका, गाईखुर, गाखु, सौरपानी, मुच्चोक लगायतका स्थानमा विद्यालय, स्वास्थ्य चौकी र सर्वसाधरण नागरिकका घरहरु निर्माण गरिरहेको छ । 

जिल्लाको आरुआरुवाङ, पन्द्रुङ, मसेल लगायतका स्थानमा केही दिन भित्रै कक्षा सञ्चालनका विद्यालय संरचना तयार गरिने एमाओवादी नेताहरुले जनाएका छन् । टोलीमा पाच माओवादीका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको सो पार्टीले जानकारी दिएको छ । 

0 facebook

यो समाचार बारे प्रतिकृया तल लेख्नुहोस्

Thank you for the comments on this news